Tuesday, February 21, 2012

ब्राह्मणवाद, अन्य समूह र जातीय प्रदेश by कुमार रेग्मी


ब्राह्मणवाद, अन्य समूह र जातीय प्रदेश

नेकपा माओवादीले देश र जनताका नाममा भनी २०५२ सालबाट सुरु गरेको हिंसात्मक अभियान भित्रबाट जन्माइएका अग्रगामी छलाङ मारिएका र मार्ने आकर्षक नाराहरूले आफ्नो असली स्वरूप देखाउने प्रक्रिया जारी छ । त्यसैलाई सहयोग पुग्ने गरी माघ १७ गते समग्र नेपाल र नेपालीको हितभन्दा अहित हुने केही सीमित स्वार्थी व्यक्ति र विदेशी हित केन्दि्रत भएर राज्य पुनसर्ंरचना सुझाव आयोगका बहुमत सदस्यबाट जातीय प्रदेशको प्रतिवेदन बाहिर आएको छ । यी प्रयास नेपालीको राष्ट्रिय एकता र भौगोलिक अखण्डताविरुद्ध लक्षित छन् ।

समस्याको सुरुवात

विश्वको सबैभन्दा पुरानो तर उत्कृष्ट, विकसित र नेपालीसँगै विश्वका धेरै भाषाहरूको जननी संस्कृत भाषाविरुद्धको अभियानसँगै हिन्दु पुजारी र मठमन्दिरमाथिको आक्रमण माओवादी हिंसात्मक अभियानको प्रमुख एजेन्डा रह्यो । यसरी तयार पारेको मैदानमा नेपालको सबै भेदभाव र पछौटेपनका कारण संस्कृत पढ्ने ब्राह्मणवादी सोच र शैली रहेको प्रचार गर्दै नेपाल र नेपालीको स्वतन्त्रता, यसको निर्माण र यसका हरेक क्षेत्रको विकास र प्रगतिमा अग्रणी भूमिका खेलेको एउटा ठूलो जातिविरुद्ध घृणाको पृष्ठभूमि माओवादीले नै तयार पार्‍यो । द्वन्द्वकालमा आर्थिक र बाह्य सहयोग जुटाउन माओवादीले चालेका यी कदमले कुन विदेशी धर्म र शक्तिलाई कस्तो राष्ट्रिय मूल्य चुकाएर सशक्त ढंगले नेपालमा खुट्टा गाड्ने अवसर दियो भन्नेबारेको अनभिज्ञता नेपाली राजनीतिमा अब अस्वीकार्य भइसकेको छ ।

विस्तृत शान्तिसम्झौता र अन्तरिम संविधान बन्दासम्म बिस्तारै त्यो झाँगिँदै क्षत्री, ठकुरी र दसनामी समेतलाई नामविहीन अन्य समूहमा पुर्‍याइँदै पाँच वर्ष अघिसम्म कल्पना नगरिएको जातीय राज्यको घातक बहसलाई खुलमखुला आजको नेपाली राजनीतिको एउटा केन्द्रीय प्रश्न बनाउन उनीहरू सफल भए । दुर्भाग्य नै मान्नुपर्छ, यो प्रश्नलाई आँखा, कान र बुद्धि बन्द गरी अग्रगमन र प्रगतिको सूचक मान्नुपर्ने अवस्थाको सिर्जना गराइँदै छ । आफ्नै खुट्टामा बन्चरो हान्दै दलहरूका बाहुन, क्षत्री नेतृत्वबाटै आफूलाई 'अन्य' मा झार्ने महान् कामको इतिहासले पक्कै मूल्यांकन गर्नेछ । यसरी जातीय राज्यमा तोकिएका जातिसमेतको बहुसंख्यक सर्वसाधारण नेपालीको भावनाबाट धेरै टाढा रहेको प्रायोजित झुण्डको हातमा नेपालको भविष्य पुगेको छ । ब्राह्मणले यो कुरा बुझेको छ भनेर प्रत्येक तथाकथित अग्रगामी, जातिवादी र साम्प्रदायिक अगुवाका मुखमा जातीय राज्यको विरोध गर्नासाथ ब्राह्मणवादी सोच भन्ने शब्द झुन्डिन पुगेको छ ।

नेपालमा घृणाको खेती

दोस्रो विश्वयुद्धताका युरोपमा मूलतः हिटलरको नाजी जर्मनले त्यसबेला सबै क्षेत्रमा क्षमताका आधारमा प्रतिस्पर्धा गरी उन्नति प्रगति गरिरहेको यहुदी जातिलाई बाह्य जाति भन्दै आफ्नो अवनति, अधोगति, भेदभाव र कमजोरीको प्रमुख कारण भएको व्यापक प्रचार गर्‍यो । यहुदीहरू अत्यन्तै मेहेनती र पढाइलेखाइमा अगाडि भएका कारण खोज, अन्वेषण, साहित्य, जागिर, व्यापार सबै क्षेत्रमा अगाडि थिए । यहुदीविरुद्धको घृणालाई यति धेरै उचालियो कि उनीहरूको जातीय सफाया गरेपछि मात्र आफ्नो उन्नति र प्रगति सम्भव हुनेछ भन्ने नाजी मान्यता राष्ट्रिय मान्यतामा परिणत हुन गएका कारण अत्यन्त क्रूर र अमानवीय ढंगले साठी लाखभन्दा बढी बालक र वृद्धसहितका यहुदी युरोपमा मारिए ।

त्यो रूपमा समाप्त गर्ने हिम्मत र साहस नभए पनि कतै नेपालका मूलतः ब्राह्मण र त्यससँगै जोडिएका अन्य समूहका क्षत्री दसनामी जातिहरूलाई यहुदीविरुद्ध गरिएको झूटो प्रचारसरह नेपाल र नेपालीको पछौटेपनको मूल कारण बनाउने कुचेष्टा नेपालका उग्र जातिवादी अगुवाहरूले त गरिरहेका छैनन् भन्ने आशंका फैलिने प्रशस्त आधार र प्रमाण उनीहरूको बोली, लेखाइ, क्रियाकलाप र उनीहरूले चलाएको इन्टरनेट, इमेल आदिबाट स्पष्ट भइरहेको छ ।

ब्राह्मणले सधैं आफूलाई नेपाली मात्र भनेर चिनाए र जीवनपर्यन्त चिनाउन चाहे । अरू कुनै विशेषण पटक्कै चाहिएको छैन । म जस्तालाई नेपालीभित्रको म ब्राह्मण हुँ भन्ने सम्झन बाध्य पारिएला भन्ने कल्पना ३/४ वर्ष अघिसम्म पनि थिएन । आफूले कल्पनासमेत नगरेका कारण ब्राह्मणवाद भन्ने छ वा हुन्छ भन्ने विषयतर्फ ध्यान गएन । आज पनि मेरा लागि ब्राह्मणवाद भन्ने छैन । संसारकै मजदुर एक हौं भन्ने विश्व भाइचारा र बन्धुत्वको वर्गीय र ठूलठूला परिवर्तन र अग्रगमनका चर्का कुरा गर्ने माओवादी कम्युनिस्टले ती सबैलाई भाषण र राता किताबमा सीमित पारेर स्वार्थ र शक्तिका लागि जातीय कुरा गरेर उभारेको जमिनमा म नेपाली ब्राह्मण हुँ र केलाई ब्राह्मणवाद भनिँदोरहेछ भनेर सोच्न भने म आज बाध्य भएको छु ।

हामीलाई अरू सबै कुरा छाडेर सानैदेखि पढ्न लगाइयो । दुःखकष्ट गरेर भए पनि जति बढी पढ्यो, ज्ञानार्जन गर्‍यो त्यति नै बढी सक्षम र सफल होइन्छ भन्ने मूल मन्त्रले हाम्रा कान र मष्तिस्क भरिए । विद्या नै धन, सम्पत्ति र यशको साँचो हो । विद्या खोसेर प्राप्त हुन्न, यो आफैंले आर्जन गर्नुपर्छ । हामीलाई यही सिकाइयो, हामीले त्यही गर्‍यौं । आजका अधिकांश सफल ब्राह्मणले त्यही गरेका छन् । के यसो गर्नु अपराध हो ? त्यो हो भने आज कुन जातिको मानिस विद्याआर्जनको प्रतिस्पर्धामा छैन ? कठोर मेहेनत गरेर पढ्ने विद्या आर्जन गर्ने कुनै पनि जातिको मानिस पछि परेको छैन र पछि पर्नै सक्दैन । यो विश्वव्यापी रूपमा सदियौंदेखि सदियौंसम्म लागू भइरहने शाश्वत सिद्धान्त हो । यसरी विद्या नै ब्राह्मणवाद हो भने नेपालमा पढेलेखेका सबै ब्राह्मण हुन् र यसमा सबैले गर्व गर्नुपर्छ किनकि विद्या आर्जन गर्न नचाहने आज कोही छैन । जे गरेर ब्राह्मण अघि बढ्यो आफूले त्यही गर्दै ब्राह्मणलाई गाली गर्न मिल्छ ? यो प्रश्नको जवाफ ब्राह्मणवाद र खस अहंकारवाद भन्ने तथाकथित विद्वान्प्रति लक्षित छ ?

जति मानिसले विद्याआर्जन गरेर शिक्षित बन्दै जान्छ उति उसमा सफा खाने, सफा ठाउँमा बस्ने, घरभित्र र बाहिर स्वतन्त्रता, स्वच्छता, आत्मसम्मान र मर्यादाको अझ बढी खोजी गर्ने चाहना बढ्दै जान्छ । ब्राह्मणलाई फेरि विद्या आर्जनले मात्र पुगेन, त्यो विद्या आर्जन गर्ने यो शरीर हो कि ? मन हो कि ? अझ त्यसभित्रको चेतना हो भन्ने खोजी गर्ने लालसा बढेर आयो । ऊ भौतिक शरीरमा मात्र सीमित रहेन । ऊ यो जीवनमा मात्र सीमित रहेन । जन्मनअघि म को थिएँ ? र मरेपछि म कहाँ जान्छु भन्ने परमज्ञानको खोजी पनि ब्राह्मणले गर्‍यो । आजको विश्वको नवीनतम वैज्ञानिक खोजी पदार्थबाट चेतनातर्फ मोडिइसकेको छ ।

पदार्थ वा भौतिक तत्त्व शाश्वत होइन, चेतना शाश्वत हो र त्यसको सदाबहार भइरहने साक्षात्कार नै मानिसको लक्ष्य हो भन्ने हजारौं वर्ष पहिले पूर्वीय ऋषिमुनीहरूले भेटेर देखेर उपनिषद्मा बताइसकेको विषय नै वास्वतमा शाश्वत रहेछ भन्ने नजिक पश्चिमा वैज्ञानिक पुगिरहेका बेला त्यो ज्ञानको भण्डार भएको संस्कृत भाषा र त्यसैको ज्ञान र खोजी गर्ने ब्राह्मणलाई पछौटेपनको आरोप लगाउनेहरू कति रुग्ण मानसिकताका हुन्, स्वतः अनुमान गर्न सकिन्छ ।

नेपाली परिवेशमा चर्चा

मानव मस्तिष्कले भेट्न सक्ने धेरै उचाइको चर्चा नगरी सतहका हामी आफैंले देखेभोगेको कुरा गर्ने हो भने पनि नेपालका ब्राह्मणले आफूले पाएको ज्ञान र स्वतन्त्रताको अभीष्ट आफैंमा मात्र सीमित नराखी अरूका लागि समेत विस्तारित गरेका छन् । नेपालमा राजनीतिले अन्य सबै विषयलाई थिचेका कारण यसै प्रश्नको वरिपरि रहेर चर्चा गर्दा समेत सम्पूर्ण नेपालीको स्वतन्त्रताका लागि भएका विभिन्न सशस्त्र र शान्तिपूर्ण आन्दोलनमा सहादत प्राप्त गर्ने धेरै संख्यासहित अग्रस्थान ब्राह्मण जाति रहेको छ । नेपालमा छुवाछुत र जातीय भेदभावविरुद्धका सामाजिक अभियानमा ब्राह्मणले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

राणाशासनको अभ्युदय भएपछि आजसम्मका नेपालका सबै परिवर्तनको नेतृत्व ब्राह्मणले लिएको भए पनि त्यो जातीय अहंकार उसले देखाएको छैन र सबैलाई समेटेर लाने काम गरेको छ । यसको प्रत्यक्ष प्रमाण राणाशासनविरुद्धका प्रजापरिषद्, नेपाली राष्ट्रिय कांग्रेस, नेपाली प्रजातन्त्र कांग्रेस हुँदै नेपाली कांग्रेसको गठन र भूमिकाबाट समेत प्रस्ट हुन्छ । २००३ साल माघ १३ गते बिपी कोइरालाको नेतृत्वमा गठित नेपाली राष्ट्रिय कांग्रेसको १० सदस्यीय केन्द्रीय कार्य समितिमा देवव्रत परियार, डि.आर. प्रधान, ल्हाक्पा छिरिङ शेर्पा र रुद्रप्रसाद गिरीसहित बाँकी छ जना ब्राह्मण रहेबाट आजका अग्रगमनकारी हुँ भन्नेलाई लाज लाग्ने परिवर्तन र समावेशीको प्रयोग त्यसैबखत भइसकेको प्रस्ट हुन्छ । नेपालको कम्युनिस्ट आन्दोलनको स्थापना र नेतृत्वसमेतमा ब्राह्मण जातिको महत्त्वपूर्ण र निणर्ायक भूमिका रहेको छ ।

पृथ्वीनारायण शाहले नेपाल स्थापना गर्दाको इतिहास पढ्दा ब्राह्मणको जुक्तिबुद्धि र क्षत्री, ठकुरीको बाहुबल र तरबारले यो राष्ट्र खडा भएकामा दुई मत मान्ने ठाउँ छैन । यो भूभागमा को पुरानो, को नयाँ भन्ने आधारमा आदिवासी जनजातिको विभाजित बहस चलाउन चाहने जातिभित्र अल्पमतमा रहेका अगुवा हुँ भन्नेहरूले बुझ्न जरुरी छ, म रेग्मीको नेपालमा २७ पुस्ताको ठाउँठहर सबै खुलेको प्रमाणित इतिहास हामीसँग छ । यसरी ब्राह्मण जातिको यो भूखण्डमा उपस्थिति धेरै पुरानो छ । ब्राह्मण भेटिएपछि उससँग अनुहार, भाषा, संस्कृति र धार्मिक अनुष्ठान एउटै भएका क्षत्री, ठकुरी, दसनामी र पहाडे दलित उससँगै वा अघिदेखि यहाँ रहेको स्पष्ट छ ।

वैदिक युगभन्दा अघिको हजारौं वर्ष पुरानो असभ्य र कबिला जातीय राज्यमा नेपाललाई फर्काउने प्रस्तावलाई अग्रगमन होइन, केही मुट्ठीभर व्यक्तिहरूले एक्काइसौं शताब्दीमा सम्पूर्ण नेपालीलाई विश्व समुदाय अगाडि अपमानित गर्न खोजेको धृष्टता मानिनुपर्छ । यो प्रस्ताव सदियौंदेखि मानव सभ्यता, जातीय सद्भाव, बन्धुत्व र एकता बोकेको यो भूखण्डलाई दीर्घकालीन हिंसा र गृहयुद्धमा फसाई नेपाललाई नयाँ युगोस्लाभिया, रुवान्डा र नाइजेरिया बनाउँदै यसको पहिचान र शान्तिपूर्ण अस्तित्व नामेट पार्ने सुनियोजित षड्यन्त्रको परिणाम हो भन्नैपर्ने अवस्था सिर्जना गराइएको छ ।

अन्यथा १०२ भन्दा बढी जातजाति भएको देशमा केही जातिका नाममा प्रदेशको स्थापनासँगै जातीय अग्राधिकारको प्रस्ताव नेपालीको बीचमा फुट, झगडा र भेदभाव सिर्जना गर्ने मात्र नभई संसारभरिकै मानिस स्वतन्त्र र समान छन् भन्ने विश्वव्यापी रूपमा स्थापित मानवअधिकार र मौलिक हकको सिद्धान्तविपरीतको प्रस्ताव ल्याउने हिम्मत बुद्धिजीवीको दाबी गर्नेबाट सम्भव हुने विषय होइन । हिंसात्मक अभियानका दौरान समर्थन जुटाउन माओवादीले जातीय राज्यको बेहोसी प्रतिबद्धता जनाउनाले सिर्जना गरेको राष्ट्रघातक अवस्थामा विज्ञहरूको स्वतन्त्र आयोगले परिवर्तन ल्याउनुपर्नेमा त्योभन्दा अझ घातक प्रतिवेदन आएकाले उनीहरू बुद्धि, विवेक, तथ्यांक, आफूले पढेको ज्ञान र राष्ट्रिय भावनाले भन्दा व्यक्तिगत स्वार्थ, कुण्ठा, घृणा, ईष्र्या र आफूले आर्थिक र व्यक्तिगत लाभ लिइरहेका संस्थाहरूको चाहनाबाट निर्देशित भएको स्पष्ट हुन्छ ।

Source:-http://www.ekantipur.com/np/2068/10/22/full-story/342321.html#.Tz8OZwxMSZQ.facebook


9 comments:

  1. 1)Rahul;- Brunei
    यसलाईनै बिडम्बना मान्नु पर्छ कुमारजी राजा शक्तिमा हुदा यिनै मध्येका बाहुनहरुले राजालाई बिष्णुको अवतार मान्थे पछी राजा मार्फत आफ्नो स्वार्थ पूर्ति हुने नदेखेपछि यिनै बाहुनहरू राजाको बिरुद्दमा हिंसात्मक द्वन्दमा अरु जनजातिलाई जातीय राज्य दिन्छु र राजानै देशको बाधक हो भनेर अति सस्तो र मंगंते सपना देखाएर लगे,कुरा के हो भने हिजो उनीहरुले राजाको बिरुद्ध घृणा पैदा गरेका थिए सारा दोष एक जना व्यक्तिकोमा खनायेका थिए,आज दिन बदलिएको छ आफुले खनेको खाल्टोमा आफैनै पर्ने सुनिस्चित नै भैसकेको छ,शम्बिंन्धान आफैमा कहिले नराम्रो हुदैन र थिएन हुनसक्छ त्यसमा परिमार्जनको कहिँ कतै आवश्य्कता थियो त्यो गर्न सकिन्थ्यो तर यहा नया नेपाल बनाउने भनेर मिठो सपना बाडेर देशलाई नर्क चाही अवस्य काम गदैछन यही आफुलाई पुन परिबर्त्न्कारी भन्नेहरु,यसैलाई भन्छन एउटाले बिराउने साखा पिराउने,सक्नुहुन्छ भन्ने रेग्मीजी यस्तो प्रचंडे भन्ने र बाबुराम जस्ता तपाईहरुको र देशको गद्दारलाई आफ्नो लिस्टबाट हटाई दिनुस।

    2)Bipin:- Doha
    बिबेक,ज्ञान,देश प्रतिको मायाँ र यथार्थ धरातलीय दृष्टिकोण समेतले अधिबक्ता श्री कुमार रेग्मीजीले लेख मार्फत व्यक्त गर्नु भएको भावनाको उच्च कदर गर्दै उहाँ प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु / साच्चै भन्ने हो भने ब्राह्मणबाद भनेर जुन कपोलकल्पित र घृणित आरोपको तानाबाना बुनिएकोछ त्यो घटियाबाद को उपल्लो छनक हो र यथार्थमा त्यस्तो बाद भन्ने कुनै कुरा स्थापित भएको प्रामाणिकता आज सम्म फेला परेको छैन / यदि विद्वत बर्ग ब्राह्मण लाई कुनै वादको अलंकारले बिभूषीत गर्ने हो भने त्यो हो प्राज्ञ,बिबेक , मानब अधिकार ,न्याय,समाज सुधार, सुसंस्कृति र समष्टीमा मानबताको पृष्ठपोषकको रुपमा गर्नभने निश्चयपनि सकिन्छ / अतः आज सबै चेतनशील नेपालीले लेखमा भने झैँ देशलाई बरबादिबाट बचाउनुपर्छ र यो जातीयता जस्तो घटिया कुत्षीत षड्यन्त्रको भण्डाफोर गर्दै राष्ट्रियता र अखण्डताको पक्षमा खुलेर लाग्नु पर्छ /

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. 3)Dipak Rai: HongKong
    मगरहरु हनुमान र नेवारहरु पाजी नभएको भए यो देशमा बाहुन छेत्रीको राज चल्दैनथ्यो र काठमाडौँ र पूर्वमा यिनीहरुको अतिक्रमण हुदैनथ्यो जय मंगोल एकता.

    4)Padam Tamang- DBX
    छिमेकी मुलुक भारतमा तमिल समुदायको बाहूल्य भूमिलाई तमिलनाडु, नागा समुदायको बाहूल्य भूमिलाई नागाल्याण्ड, पंजावीहरुको राज्य पंजाब, बंगलाहरुको बाहूल्य भूमिलाई पश्चिम बंगाल र अर्को छिमेकी मुलुक चिनमा हेनान समुदायको बाहूल्य भूमि हेनान राज्य र युनान समुदायको बाहूल्य भूमिलाई युनान राज्य लगायत राज्यहरुको नाम रहेका छन् त्यस्तैगरि बेलायतमा स्कटिस समुदायको बाहूल्यता रहेको राज्यको नाम स्कटल्याण्ड, आइरिस समुदायको बाहूल्य क्षेत्र नोर्दन आयरल्याड रहेको छ । यसरी राज्यहरुको नामाकरण समुदायको आधारमा गर्ने चलन विश्वमै अतिलोकप्रिय रहेको छ । केन्याको एउटा सानो जिल्लामा साम्बुरु समुदायको बाहूल्यता छ र त्यस जिल्लाको नाम साम्बुरु जिल्ला भनिन्छ । इंगलिस भाषा बोल्नेको बाहूल्य रहेको बेलायतको एउटा इलाकालाई इंगल्याण्ड राज्य नामाकरण गरिएको छ त्यसैले समुदायको नामबाट र भाषागत आधारमा राज्यको नाम राख्ने अन्र्तराष्ट्रिय प्रचलन नै हो भने सबै राज्यलाई समान अधिकार हुनेगरि खसान, लिम्बुवान, खम्बुवान, तामाङसालिङ, तमुवान, मगरात, मैथिली र थारुवान आदी प्रस्तावित राज्यको नाममा स्वीकृति जनाउन किन कन्जुसियाई गर्ने । आखिर यावत प्रयास विकास र प्रगतिको लागि नै हुन । एउटा गजबको संयोग भनौ सन् १७७६ मा अमेरिका सङ्घिय (Federal System) प्रणालीमा गयो र अहिले विश्व कै सर्बशक्तिमान राज्य बनेको छ भने ठिक त्यसै दशक सन् १७६८ मा नेपालका त्यसबेलाका लगभग संङ्घिय मोडलका राज्यहरुलाई खत्तम गरेर एकात्मक राज्य (Unitary System) प्रणालीमा प्रवेश गर्यो र अन्तत अहिले विश्व कै असफल राज्य बनेको छ । त्यसैले अहिले पनि हाम्रोसामु दुईवटा स्पष्ट बाटो छ -पहिलो हो देश समुन्नत बनाउन संघीयता र धर्म निरपेक्षतालाई संस्थागत गर्दै नेपालको विविधतालाई सन्तुलनमा राखेर विना अड्चन विकास र प्रगतिमा जानु । दोस्रो हो- छिमेकी धर्मभिरुहरुको आशीर्वादले एकल हैकमवादलाई निरन्तरता दिनु जसले अझ केहीवर्ष हत्या हिङ्सालाई जारि राख्दै मुट्ठिभरका व्यक्तिलाई हालीमुहाली बहाली राखिदिनु । यो कर्म, देश र जनताको लागि अत्यन्तै घातक छ । अफ्रिकी मुलुक सुडान संघियतामा नजांदा चलेको गृहयुद्धमा लाखौ जनताको ज्यान मात्र गएन त्यहा सम्पन्न हालैको निर्वाचनवाट विभाजित हुने निश्चित भएको छ । त्यसैले देशलाई सन्तुलित, समृद्ध तथा अखण्ड राख्न पनि अव संघियतालाई संस्थागत गर्नु एकमात्र अचुक उपाय हो । त्यसैले आउँदो एक दशक संघीयतामा गई आ-आफ्नो ठाउँका मुख्य समुदायलाई सोही ठाउँको गोठाले बनाई हेरौं । एकात्मक शासन त हामीले झण्डै शताब्दी नै अभ्यास गरेका छौं । त्यसैले अब यो साइतमा संघीयताको अभ्यास गरौं । राजनीतिक पार्टी, समुदाय, धर्म, सम्प्रदाय भन्दा माथि उठेर समग्र नेपालको विकास र प्रगतिको लागि काम गरौ । यसरी सम्पन्न नेपालको परिकल्पना गर्दै अघि बढौं, एकदिन अवश्य लक्ष्यमा पुगिनेछ ।

    ReplyDelete
  4. 5)Rrithivi Rai
    कुमार रेग्मी जि,नेपाल जस्तो कृषी प्रधान देशमा ब्राह्मण हरुले हलो कोदालो नै छुन नहुने प्रचलन अझै धेरै ठाउँहरुमा छ । यही हो ब्रामणबादको थोरै नमुना ।अब भन्नुस पढाई लेखाइमा कुन जाती अगाडी हुनेभो ? तेही स्रम ठक ब्राह्मण जाती हरु होईन ?

    ReplyDelete
  5. 6)Bimal Subba - UAE
    अति हिन्दू बाहुनवादी मानसिकताले ग्रसित लेखक ज्युले नेपालमा बाहुनबाद नदेख्नु स्वाभाविक हो। ढिलै भए पनि नेपालमा यो प्रवृतिलाई बुझेर शसक्त रुपमा विरोध हुनु सकारात्मक मानिन्छ।बाहुनको घरमा जन्मिए भन्दैमा आफुलाई सर्व श्रेष्ट जाती ठान्ने जातीय अहंकार भएको बाहुनबादको अन्त्य हुनु नै पर्छ।गरिबी, अशिक्षा, भ्रष्टचार, हत्या र आतंकहरू त परिणाम मात्रै हुन्! देशभित्र परिणामका रुपमा देखिएका बिभिन्न समस्याहरूको मूख्य जग के हो भनेर बुझ्नु भन्दा पहिला त बाहुनबाद र यसको प्रभाव वा स्थिती आजको नेपालमा कस्तो छ भनेर पनि बुझ्न जरुरी हुनु पर्दछ। दलित तथा जनजाति जागरणपछि नेपालमा एउटा शब्द बहुचर्चित छ, बाहुनवाद। यो शब्द सुन्नेबित्तिकै सिंगै ब्राह्मण समुदाय आफ्नो अपमान भएको महसुस गर्छ। साँच्चै बाहुनवाद ब्राह्मण समुदायलाई अपमान गर्न बनेको शब्द हो त? कुरा त्यस्तो होइन। हिन्दू धर्मको एउटा प्रमुख विशेषता वर्णाश्रम व्यवस्था हो। यसअनुसार ब्रह्मको मुखबाट जन्मेका बाह्मणले पूजापाठ र विद्या व्यवसाय, हातबाट जन्मेका क्षत्रीयले राजकाज र युद्ध, पेटबाट जन्मेका वैश्यले व्यापार र खुट्टाबाट जन्मेका शूद्रले यी तीनैको सेवा गर्नुपर्छ। शूद्रभन्दा ब्राह्मण, क्षेत्रीय, वैश्य के कारण श्रेष्ठ? यसको तर्कपूर्ण जबाफ कहीँ कतै दिँदैन। हिन्दू धर्मको एउटा मूल मन्त्र हो- भाग्यम् फलति सर्वत्र, न च विद्या न च पौरुषम्। विद्या र पुरुषार्थ होइन भाग्य सर्वत्र फलदायी हुन्छ। यही भाग्यवादी अवधारणा अर्थात् भाग्यले गर्दा बाहुन भएर कोही जन्मन्छ र जन्मेकै कारण श्रेष्ठ मानिन्छ भन्ने मान्यता बाहुनवाद हो। पुराण युगमा सारा ज्ञान र 'स्वर्ग'को साँचो ब्राह्मणको हातमा हुन्थ्यो। उसकै रायअनुसार राजा राज्य गर्थे। उसको अपमान भयो भने राजा आफन्तबाटै आलोचित हुन्थ्यो र 'परलोक' पनि गुमाउँथ्यो। रामायणको त्यो प्रसंग उल्लेख्य छ जहाँ दुर्वासा ऋषिका कारण राम, लक्ष्मणसहित सारा अयोध्याबासी सरयु नदीमा फाल हालेर आत्महत्या गर्छन्। हिन्दू धर्ममा बाहुनलाई दान नदिए अनेक पाप लाग्ने वर्णन छ। धर्मको नियमन बाहुनले गर्छ। धर्मग्रन्थअनुसार उसको कर्त्तव्य धार्मिक कर्मकाण्ड तथा धर्मसम्बन्धी विवाद सुल्झाउनु हो। हिन्दू समाज कानुनले होइन, धर्मशास्त्रले चलेको हुन्छ। यसैले त्यहाँ बाहुन, क्षत्रीको अघोषित सर्वोच्चता छ। यस्तो समाजमा राज्यसत्ताभन्दा धेरै शक्तिशाली हुन्छ धर्मसत्ता। धर्मसत्ताले मानिसको मस्तिष्कमा डेरा जमाएको हुन्छ। राज्यसत्ताले बलपूर्वक मानिसलाई दास बनाउँछ। यसै कारण मानिस धर्मसत्ताको आलोचनालाई आफैँमाथि भएको आक्रमण सम्झन्छ। धर्मसत्ताको यति बलियो पकडको एउटै कारण हुन् पुरोहितजन जसले हजारौँ वर्षदेखि धर्मलाई समाजको प्राणका रूपमा व्याख्या गरेका छन्। धर्म नमान्दा अर्थात् ब्राह्मण सत्ता नस्वीकार्दा परिवार विघटन हुने, सामाजिक अपराध बढ्ने र मृत्युपछि पनि छुटकारा नमिल्ने डर धर्मशास्त्रले देखाएका छन्। यसले जनमानस कतिसम्म थरहरि छ भने उसलाई धर्म श्वास-प्रश्वासभन्दा पनि बढी जीवनको आधार हो भन्ने लाग्छ। राणाकालमा विद्रोहीमध्ये बाहुनलाई चारपाटा मुडेर देश निकाला गरिन्थ्यो। त्यही मुद्दामा मुछिएको अन्यलाई क्रूरतम मृत्युदण्ड दिइन्थ्यो। डोरबहादुर विष्टले आफ्नो किताब 'फ्याटालिज्म एन्ड डेभलपमेन्ट'मा नेपालको विकासमा बाहुनवादलाई सबैभन्दा ठूलो बाधक मानेका छन्। पुराण युगका दुई प्रसंग उल्लेख्य छन्। अयोध्याका राजा रामले सम्पूर्ण वेद खारेर ऋषि बनिसकेका शम्बूकको बध तपस्यास्थलमै गरे। कारण, उनी शूद्र थिए। शुद्रले तपस्या गरेका कारण एक बाह्मण बालकको निधन भएको हल्ला फैलाइएको थियो। द्रोणाचार्यले एकलव्यलाई धनुर्विद्या दिन स्वीकार गरेनन्। तथापि उनैलाई गुरु थापेर एकलव्य कुरुकुलका राजकुमारहरूभन्दा निपुण भए। अनि द्रोणले उनीसँग बुढी औँला गुरुदक्षिणा माग्नुको कारण पनि शुद्रलाई श्रेष्ठ धनुर्वीर हुन नदिनु थियो। जन्मैले कसैलाई महान् र कसैलाई निकृष्ट बनाउने यही मध्ययुगीन प्रथाको मुख्य स्रोत बाहुनवाद हो। बाहुनवाद बाहुन कुलमा जन्मेका सबै व्यक्तिले फैलाएका होइनन्। यो त्यो पुरोहित वर्ग हो जो धर्म र ईश्वरको नाममा समाजमा आफ्नो सर्वोच्चता कायम राख्न चाहन्छन्।

    ReplyDelete
  6. 6- Continue यसकै विरोधस्वरूप संघीय राज्य निर्माणको माग भएको हो। बाहुनवादको अन्त्य अनिवार्य छ तर, त्यसमा लागिपर्ने जनजाति र दलितले सही बाटो नअँगाल्दा यो शब्द सुन्नेबित्तिकै सम्पूर्ण ब्राह्मण समुदाय रन्थनिने स्थिति छ। यसको अन्त्यका लागि समताप्रेमी ब्राह्मणकै पनि साथ लिनु जरुरी छ जसरी पुरुषवादी सत्ता परिवर्तनका लागि महिलालाई पुरुष स्वयंकै साथ अनिवार्य हुन्छ। बाहुनवाद जातिवाद र भाग्यवादको स्रोत हो। तर, त्यसको विरोध गरी न्याय माग्न हिँड्नेहरू अशिष्ट र अभद्र हुनु हुँदैन। घृणा, विद्वेष, प्रतिशोध, युद्ध र हतियारद्वारा सत्ता परिवर्तन होला, समाज र संस्कृति परिवर्तन हुँदैन। बाहुनवादविरोधी आन्दोलनका नाममा बाहुन, क्षेत्रीलाई खेदो खन्ने काम भइरहेको छ। यो त बाहुन, क्षत्रीको ठाउँमा आफू पुग्ने अर्को खाले बाहुनवादी अभ्यास हो। हामीलाई चाहिएको वर्णाश्रम व्यवस्था र पुरोहितवादको समूल अन्त्य हो जसलाई कानुनी मान्यता नभए पनि समाजले जिउँदो राखेको छ। बाहुनवादले फैलाएको जातीय होचोअर्घेलीलाई नमस्कार गरेर हरेक क्षेत्रका प्रतिभाको खुला प्रतिस्पर्धा गर्न बेला भइसक्यो। हेरौँ, कोचाहिँ श्रेष्ठ ठहर्दोरहेछ !

    ReplyDelete
  7. 7)हँ छा बुंग किराँत- माँझ किराँत,दिक्तेल
    रेग्मी जीले बडो सादर्विक बहस प्रस्तुत गर्नु भयकोमा उनि धन्य छन् |यहाँको भावना हरुलाई सम्भावना देखिदैन |मित्र रेग्मी ज्यु ,स्मरण रहोस यो देश बहु-जातिय,बहु -धार्मिक ,बहु-भाषिक र बहु-संस्कृतिक मुलुक नेपाल हो | विगत २५० वर्षको एकात्मक हिन्दुवादले विभिन्न जात,धर्म क्षेत्र र लिंग लाई समान सम्मान गर्न सकेन |सकेको भए किन कुरो आउथ्यो संघियेता,धर्म निरपेक्ष र गणतन्त्रको ?के यो देशमा एउटा जातिले जहाँ जहाँ बाहुन बाजे उता उतै स्वाहाँ गरे मात्रै ठिक ? सबै नेपालीले समान सम्मान पाउनु पर्छ भन्दा चाही बेठिक | लु उसो भय तपाईलाई प्रश्ताव छ ,तपाई हिन्दु धर्मावलम्बी हुनु हुन्छ हाम्रो धार्मिक सहिष्णुता छदैछ अबको २५० वर्ष किराँत धर्म र सस्कृति लाई तपाइले मान्नु मनाउनु हिमत गर्नुहोस |सक्नु हुन्छ ?सक्नु हुन्न भने म पढेर अगाडी बढ्न सकेकु हुँ भनेर बेतुक को कुरो पस्किनु हुदैन | त्यस्ता कुरो कसलाई थाहा छैन |बरु हिमत छ भने र नेपाल देश को र जनताको भंलो हुने कुरा गर्नु हुन्छ भने "देशको पुरानो एकल हिन्दुवादी संरचना अफाप सिद्ध भयको छ र पुन: सबै संगै अगाडी बढ्न संघियता,धर्म निरपेक्ष र गणतन्त्र लाई संस्थागत गर्नु नै सबैको भलो,दिर्घ शान्ति र समृद्ध नेपाल हुनेछ |" भन्न कन्च्युस्याई गर्नु हुदैन |

    ReplyDelete
  8. 8)Luitel
    Brahman in Nepal just like Whites in USA, who are educated, peaceful, hardworking, smart and non-violence people. Janjatis are in Nepal just like 'Black', Lazy, violent, less smart.........सबै लै चेतना भया?

    9)Ganesh- Kathmandu
    वास्तब मा नेपाल जस्तो १०३ जात जाति ले बसोबास गरेको र अत्यन्त सौहार्द पूर्ण रुपमा रहेको स्तिथि हो तर केहि वर्ष देखि दिनानु दिन रुपमा आपसी भाइचारा जसलाई सामाजिक पुंजी भानिन्छा त्यो खण्डित गर्ने काम भयो र भैरहेको छ . विभिन्न स्वार्थ सिद्ध को लागि समस्या को मूल जरो खोज्नु भन्दा पनि मुत को न्यानो भनेझै सधै समस्या अरु तिर तेर्स्याउने जुन परम्पराको विकास भैरहेको छ त्यो अत्यन्त घटक छ . जस्तो उदाहरण को लागि बिकासको बाधक राजतन्त्र हो भनी तेसका बिरुद्द सबै एक भए त्यो सफल पनि भयो अब आफ्नो कमजोरी लुकौना ब्रामणबाद ले देश उधोगति बह्को हो भन्नु अर्को छल मात्र हो तर अहिले धेरै को आँखामा मोतिबिन्दु लागेको छ धेरै दिमाग मा आइजेरु पलौना थालेको छ एसले मुख्य समस्या कुसासन हो भर्स्ताचार हो भन्ने तर्फा को ध्यान लै आन्यत्र लागि वास्तविक समस्या समाधान गर्ने भन्दा पनि देसको आस्तित्वो लाइ खण्डित गर्न आग्रसर भएको देखिन्छा यो प्रकारान्तरले अति घातक छ बेलैमा एसको निदान जरुरि छ आन्यथा जातीय र धार्मिक आस्त मा खलल पुग्न गयो भने कल्पना गर्ने नसकिने स्तिथि आउने निश्चित छ अब अरु धेरै ढिला हुनु भन्दा पहिले सबैले ठण्डा दिमाग ले सोच्नु जरुरि छ. रेग्मी जी को प्रस्तुति उचित लग्यो धन्यवाद

    ReplyDelete
  9. 10)Dharmendra Sharma

    अहिलेको नेपालको सबभन्दा ठुलो दुर्भाग्य भनेको कम्युनिष्ट को खेति हो | अबोध युवा हरु कम्युनिष्ट रूपी गाँजा खाएर लट्ठ भएका छन् | अझै कम्युनिष्टहरु बन्दै छन् | यो प्रयोग भएर पूर्णरूपेण अफापसिद्ध भैसकेको व्यवस्था हो | तर कम्युनिष्ट नेताहरु आफ्नो सर्वाधिक प्रभावकारी हतियार प्रोपगांडा को प्रयोग गर्न सिद्दहस्त छन् | अर्कोतिर प्रजातन्त्रवादी हरूको प्रमुख खेमा दुष्टशिरोमणि गिरिजाको पहिलेको नेतृत्व र अयोग्य-शिरोमणि सुशीलको र भ्रष्टहरुको सर्दार शेरबहादुर आदिको हालको नेतृत्व ले गर्दा कुँजो भएको छ | मावोबादीले आफ्नो सपना बाँड्दै नेपालका अति शोषित हरुलाई जातीय नारा – सबभन्दा सजिलो नारा तर दूरगामी रूपमा सबभन्दा घातक नारा – दिएर बन्दूक बोकायो | कम्युनिष्टले सबभन्दा वास्ता नगर्ने कुरो भनेको नैतिकता हो | अहिले त्यसैको प्रतिफल हामी यो जातीय नारा सुनिरहेका छौं | जुनबेला पंचायतकालमा हरेक औपचारिक कार्यक्रममा दौरा सुरुवाल लगाउनु पर्थ्यो, अन्चालाधिश कार्यालय जाँदा समेत टोपी लगाउनु पर्थ्यो | त्यो बेला जातीय अधिकार को कुरा गर्ने कुन दुलामा लुकेका थिय ? नेपालमा शोषक धेरै कम तर शोषित धेरै थिए, छन् | जस्तै काठमान्डूका राणा, शाह आदि ठकुरी शोषक छेत्री थिए भने अन्य नेपाल भरिका र खास गरि कर्णाली प्रदेश तिर का असंख्य छेत्री लाई शोषक भन्न मिल्छ ? काठमाडौँ का केहि दरबारिया धुपौरे बाहुन हरु ले सुविधा भोग गरे | तर के नेपाल भरिका बाहुन हरूको त्यहि अवस्था थियो त ? नेवारको कुरा गर्ने हो भने काठमाडौँ का रैथाने उनीहरु, अनेक जिल्ला सदरमुकामका व्यापारी साहु उनीहरू – कसरी उनीहरू उपेक्षित हुन् सक्छन | मगुराली मध्ध्ये अनेकनले लाहुरे बनेर नेपाली हरू मद्ध्ये सबभन्दा पहिले डलर पाउण्ड देख्न पाए | अन्य जातिले त ब्रिटिश सेनामा प्रवेश नै पाउँदैन थिए | अधिकांश मदिसेहरुले (ठुला जात का मदिसे हरू खासगरी ) भारतको सामीप्यले गर्दा पढ्न सजिलो संग पाए र अहिले पनि प्रशाशन बाहेक प्राविधिक छेत्र मा धेरै ठुलो हाली मुहाली गरेका छ | हो हिन्दुले अछुत भनिएका हरु, आदिबासी थारु राजबंशी हरु, साना जातका मदिसेहरु, र अन्य आदिवाशी हरुको अवस्था चाँही अरुको भन्दा धेरै नाजुक छ | उनीहरु मद्ध्ये का पनि विपन्न हरुलाई आवश्यक आरक्षन दिनु ज़रूरी छ | तर मगुराली, नेवार, र ठुला जातका मदिसे हरू जातीय रूपमा शोषण मा परे भन्न कुनै हालत मा पनि मिल्दैन |

    ReplyDelete